नेपाल मगर महिला सघको सिफारिसमा चिरायु हस्पिटलले स्वास्थ परिक्षणमा २५% सम्म छुट दिने !
नेपाल मगर महिला संघको सक्रियतामा स्वास्थ्य परिक्षणमा विशेष सुविधा दिने सम्बन्धमा चिरायु हस्पिटलको हालमा आयोजित कार्यक्रममा सम्झौतापत्र हस्ताक्षर गरि सम्झौता आजाकै मितिबाट लागु हुने गरि सप्पन्न भएको छ । कार्यक्रममा नेपाल मगर महिला सघका अध्यक्ष हिरुसरा राना , नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र बाहदुर पुन मगर, चिरायु हस्पिटलका डाईरेक्टर सजीब राज भण्डारी, चिरायु हस्पिटलका बिजनेस डेभलपमेन्ट म्यानेजर हिमाल राना , नेपाल मगर सघ का महासचिव तेक नामजाली मगर , नेपाल मगर महिला संघका अभिभावक कृष्ण थापा मगर, हाईभिजन ग्रुप अफ कम्पनीका अध्यक्ष दिन बहादुर थापा, लाफा फाउन्डेसनका पुर्व अध्यक्ष , नेपाल मगर महिला सघका केन्द्रिय सदस्य लगाएतको उपस्तिथिमा सम्झौतापत्र मा हस्ताक्षर भएको हो। आगे चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युट प्रा ली बसुन्धारा, काठमाडौ (जसलाई यसपछि प्रथम पक्ष भनी सम्बोधन गरिनेछ ) नेपाल मगर महिला सघ, कलङ्की, काठमाडौ (जसलाई यसपछि दोस्रो पक्ष भनी सम्बोधन गरिनेछ ) का बिच तपशिलमा उल्लेख गरिएको शर्तहरु बमोजिम सेवा आर्दान प्रदान गर्ने गराउने आपसी सहमति भर्कोले यो सम्झौतापत्र प्रथम पक्षको कार्यलयमा बसि सहिछाप गरि एक एक प्रती लियौ दियौं ।

शर्त हरु :
१) दोश्रो पक्षले आफ्नो सेवाग्राहीलाई सेवाको लागि प्रथम पक्षकोमा पठाउने वा लोएर आउने तथा प्रथम पक्षले आफुकहा उपचार गराएको सेवाग्राहीलाई उपचार पश्चातको स्याहार र सेवाको लागि दोस्रो पक्षमाले सिफारिस गरि पठाउनेछ।
२) दोस्रो पक्षमाले पठाएको वा ल्याएको बिरामीलाई प्रथम पक्षले निम्न सेवाहरुमा निम्न प्रतिशत सम्म छुट दिइनेछ । यो सहुलियत नेपाल मगर महिला सघ केन्द्र, प्रदेश जिल्लाका मगर महिला तथा अन्य महिलाको लागि लागू हुनेछ।
1. बेड चार्ज २५%
२. प्याथोलोगी डाइनोस्टिक सेवा २०%
३. प्रोस्युडियर सेवा ३०%
४. फार्मेसी सेवा १०%
५. हेल्थ प्याकेज ५%
६. एम्बुलेन्स सेवा निशुल्क उपत्यका भित्र
३) प्रथम पक्षले आफुकहा भएका व सम्पर्कमा आएका सम्पुर्ण सेवाग्राहीहरुलाई (जसलाई दोश्रो पक्षले प्रदान गर्ने सेवा आवश्यक छ )
लाई दोश्रो पक्षकोमा पठाउने र दोस्रो पक्षले आफुकहा भएको वा सम्पर्कमा आएको सम्पुर्ण सेवाग्राहीलाई (जसलाई प्रथम पक्षले प्रदान गर्ने सेवा आवश्यक छ) लाई प्रथम पक्षको मा पठाउनेछन।
४) उपरोक्त अनुसारको सहकार्य गर्ने/गराउने बारे दुबै पक्षले आफ्नो संबंधित कर्मचारीलाई आवश्यक जानकारी पहिले नै गराईसक्नु पर्नेछ ताकि तोकिएको सेवा लिन / दिनको लागी कुनै पनि किसिमको अफ्ट्यारो अवस्था आउनेछैन।
५) दोश्रो पक्षलाई आवश्यक भएमा प्रथम पक्षले निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने वा सेवा दिने काम गर्नुका साथै अन्य जागरण कार्यक्रमहरुमा सहयोग गर्नेछ ।
७) यो सम्झौतापत्रका हाललाई २०७९ साल चैत २३ गते देखि लागू भ ई २०८२ चैत २२(तीन बर्ष ) सम्म कायम रहनेछ तर दुबै पक्षको आपसी सहमतिमा म्यादी थपघत गर्न सकिनेछ।
८) उपरोक्त बाहेक अन्य सहकार्य र एक अर्काको प्रमोसनका लागि दुबै पक्षले आ आफ्नो तर्फबाट भरपुर प्रयत्न गर्नेछन् ।
९) यश सम्झौता पत्रमा लेखिएका बाहेकका कुराहरुमा आपसी सहमतिमा नेपाल सरकारको कानुन अनुसार हुनेछ ।
सम्पर्क व्यक्तिहरु
चिरायु नेशनल अस्पताल , बसुन्धारा काठमाडौको तर्फबाट
नवराज भुजेल , विजनेश डेभलपमेन्ट अफिसर ९८०११३८२२३
किरण फुयाल , मार्केटिङ अफिसर ९८०११३८११९
नेपाल मगर महिला सघ , कलङ्की को तर्फबाट
हिरुसरा राना अध्यक्ष ९८५११३८६६०
धन कुमारी राना बरिस्ठ उपाध्यक्ष ९८४१७४४६६४


