हार्दिक आभार एबम धन्यवाद

हार्दिक आभार एबम धन्यवाद ।।
नेपाल मगर महिला संघ केन्द्रीय समितिका पदाधिकारी र सदस्य हरुको लागि अन्तर्राष्ट्रिय आदिवासी महिला मन्च (फिमि) को व्यवस्थापनमा पाँच दिने “संस्थागत सुदृढीकरण” तालिम संघिय उप सभामुख मा.इन्दिरा राना ज्यु को प्रमुख आतिथ्यतामा कार्यक्रमको उदघाटन भइ निरन्तर 5 दिने तालिम हिजो पौष 24 गते महाविर प्यालेस साेल्टीमाेडमा सम्पन्न भएको छ। तालिम अवधिभर प्रशिक्षण गर्नु हुने सम्पूर्ण प्रशिक्षकज्युहरु, तालिमलाई प्रभावकारी गराउन अनवरत रुपमा खट्नु हुने सम्पूर्ण जिम्मेवारी पदाधिकारी तथा कर्मचारीहरु, हाेटलका प्रबन्धक तथा सम्पूर्ण टिम, पत्रकार, उपस्थित संघका सम्पूर्ण कार्यसमिति र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयाेग गर्नु हुने सम्पूर्णजनमा हार्दिक आभार प्रकट गर्दछु। याे तालिमले संघका नेतृत्वहरुकाे क्षमता विकासमा सहयाेग पुर्याउनुका साथै परिवर्तन सङ्गै परिवर्तन हुन जरुरी छ भन्ने अपेक्षाका साथ टाढा टाढा बाट आएर सहभागी हुनुभयो कार्यक्रम सफलता पुर्वक बसेर सहयोग गरिदिनुभयो सबै सबैमा सस्थाको तर्फबाट धेरै धेरै धन्यवाद ????????????
तालीम सकेर आ आफ्नो भूगोल फर्कनुहुने सबै साथीहरूमा सफल यात्राको शुभ कामना व्यक्त गर्दछौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *