नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टेवा नेपालको व्यावस्थापनमा पाँच (५-९) दिने संस्थागत विकास तथा प्रस्तावना लेखन तालिम पाल्पाको होटल पौवामा सुरु

नेपाल मगर महिला संघ केन्द्रिय समितिको आयोजना र टेवा नेपालको व्यावस्थापनमा पाँच (५-९) दिने संस्थागत विकास तथा प्रस्तावना लेखन तालिम पाल्पाको होटल पौवामा सुरु भयो छ। यस तालिमको उत्घाटन लुम्बिनी प्रदेशका सदस्य तथा पुर्व मन्त्री माननिय विर बहादुर राना ज्युकाे बाहुलीबाट भएकाे थियाे । उत्घाटनमा बिशेष अतिथि तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा गाहा, अतिथि नेपाल मगर संघ जिल्ला समिति पाल्पाका अध्यक्ष शान्ति झेडी, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष गम बहादुर थापा, मगर महिला संघ पाल्पाका अध्यक्ष राधा थापा,मगर महिला संघ लुम्बिनी प्रदेशका सदस्य सावित्रा राना, मगर महिला संघ पाल्पाका पूर्व अध्यक्ष विष्णु माया थापा,पुष्प देवी थापा लगाएको उपस्थितिमा ५५ जना महिलाहरु बिच तालिम सञ्चालन गरियो । तालिमको सहजीकरण डा. विष्णु सिंजाली ज्युले गर्नु भएको थियो ।

May be an image of 5 people and dais

May be an image of 8 people, people studying and text

May be an image of 5 people and dais

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *