जातीय सद्भाव विथाेल्ने पाण्डेलाई कानुन बमाेजिम सजाय गर्न माग गर्दा घाइते हुने मगर महिलाहरूको स्वास्थ्य अवस्था बुझ्दै नेपाल मगर महिला संघ केन्द्रीय समिति

जातीय सद्भाव विथाेल्ने गरी दिएको अभिव्यक्ति प्रति पात्र भगवती पाण्डेलाई कानुन बमाेजिमकाे सजाय गराई पाउ भन्ने शान्ति पुर्ण आन्दोलनमा टेकु प्रहरी प्रशासनले अमानविय ढंगले कुटपिटबाट घाइते हुनुहुने मगर महिलाहरूको अहिले स्वास्थ्य अवस्थाको बारेमा बुझ्नकालागि आज केन्द्रीय कार्यालय कलंकीमा उपस्थित भई घाइतेहरुको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको पाईयाे ।

पीडक पात्र लाई कानुनको दयाराम ल्याई हदै सम्मकाे सजाय गरी पाउँ र पीडित महिलाहरूकाे सम्वेदनशील अंगमा समेत गम्भीर चाेट लागेको हुँदा यथासिघ्र नेपाल सरकार गृह मन्त्रालयबाट जुन प्रतिबद्धता जनाए छ । छिटो भन्दा छिटो कार्यन्वयन होस भनी नेपाल मगर महिला संघ केन्द्रीय समितिले अपील गर्दै घाइतेहरू प्रति सु स्वास्थ्य लाभको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *