अन्तराष्ट्रिय आदिवासी महिला मञ्च (FIMI) को व्यवस्थापन र नेपाल मगर महिला संघ केन्द्रीय समितिकाे आयोजनामा “संस्थागत सुदृढीकरण” तालिम वाणगंगा नगरपालिका वडा नंं १ का वडा अध्यक्ष श्री सञ्जु सारु ज्युकाे प्रमुख आतिथ्यता, ने. म.सं.के.स सदस्य लक्ष्मी सारु ज्युकाे बिशेष आतिथ्यता र अतिथि प्रदेश अध्यक्ष केशरी तरामु, प्रदेशका मुख्य सचिव, जिल्लाका अध्यक्ष तथा बिभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि लगायत अग्रज व्यक्तित्वहरुको उपस्थितिमा जितपुरको ग्रिनपार्क होटलमा सम्पन्न भयो ।

यस तालिममा प्रशिक्षककाे रुपमा भूमिका निभाउनु हुने दाेय भाषिक उपाध्यक्ष फूल कुमारी थापा र महासचिव मीना कुमारी घर्ती ज्यु, प्रदेश तथा प्रदेशका सबै जिल्लाबाट सकृय रुपमा प्रतिनिधि मुलक सहभागि हुनु हुने अध्यक्ष तथा प्रतिनिधि ज्युहरु, याे तालिमलाई प्रभावकारी बनाउन हरेक तवरले सहयोग गर्नु हुने बरिष्ठ उपाध्यक्ष धन कुमारी राना, भाषिक उपाध्यक्ष माया पूरा रोका, उपमहासचिव चित्र श्रीस, सचिव चन्दा थापा, सदस्य ठानी माया सोमै, कर्मचारी सन्दिपा थापा, कपिलवस्तुका निवर्तामा अध्यक्ष तथा प्रदेश सदस्य विष्णु राना, उत्घाटन तथा समापन समारोहमा उपस्थित हुनु हुने प्रमुख अतिथी, बिशेष अतिथि तथा सम्पूर्ण अतिथि ज्युहरु र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयाेग गर्नु हुने सम्पूर्णजनमा धेरै धेरै धन्यवाद सहित हार्दिक आभार प्रकट गर्दछौ । आगामी दिनमा पनि यहाहरूको साथ र सहयोगको अपेक्षा राख्दै, यो तालिमले महिलाहरुको नेतृत्व विकासमा थप सहयाेग पुर्याएकाे विस्वास गर्दै, तालिमबाट सिकेका सिकाईहरु आ-आफ्नोजिल्लामा तालिम सञ्चालन गर्नु हुन्छ भन्ने पूर्ण आशा गर्दछौ ।
धन्यवाद !!!





