नेपाल मगर महिला संघ केन्द्रीय समितिका विदेश सचिव तथा मगर संघ हङकङका महिला संयाेजक निता कुमारी थापा ज्यूलाई कार्यालय कलंकीमा स्वागत गरियो यसै अवसरमा बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नं १ निबासी बर्ष २५ काे क्यान्सर पिडित प्रेम कुमार घर्तीलाई मगर संग हङकङ र सम्पूर्ण सहयाेगी दाताहरुबाट संकलित रकम रु १०००००/- मगर संघ केन्द्रीय कार्यालय कलंकीमा बिरामीलाई हस्तान्तरण समेत गरिएको छ ।
नेपाल मगर महिला संघ केन्द्रीय समितिका विदेश सचिव तथा मगर संघ हङकङका महिला संयाेजक निता कुमारी थापाको सक्रियतामा संग्कलित रकम क्यान्सर पिडितलाई हस्तान्रण गरिएको छ।
याे पहलकदमीकाे लागि निता थापा लगाएत सम्पुर्ण सहयोगी दाताप्रति नेपाल मगर महिला संघ केन्द्रिय समिति मार्फत धन्यवाद ब्यक्त गर्दछौ।


