नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन सम्पन्न !

नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन सम्पन्न

नेपाल मगर महिला संघ जिल्ला समिति झापाको पाँचाै अधिवेशन रिना थापाकाे अध्यक्षतामा झापा बिर्तामोडकाे हाेटल हिकाेला रिसाेर्टमा सम्पन्न भएको छ। नेपाल मगर महिला संघका अध्यक्ष हिरुसरा राना मगरको प्रमुख अनितिथ्य,  विशेष अतिथि प्रदेश नं १ का प्रदेश संसद माननीय कमला थापा, नेपाल मगर महिला संघ प्रदेश नं १ अध्यक्ष मिना पुलामी, नेपाल मगर संघ जिल्ला समिति झापाका अध्यक्ष बिकास थापा मगर र नेपाल मगर संघ केन्द्रीय सदस्य पार्वती थापा लगायत मित्रराष्ट्र भारत , संघ का विभिन्न तह र तप्काका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त जिल्ला अधिवेशनबाट सुस्मा रानामगरकाे अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रुपमा चयन हुनुभएको ।

नेपाल मगर महिला संघ केन्द्रिया समिति को तर्फबाट नयाँ कार्यसमिति सम्पूर्णलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।

नेपाल मगर महिला संघ केन्द्रीय समिति काठमाडौं